ad ad

समाज


सिक्किम आइपुग्यो मनसुन, कहिले आइपुग्छ नेपाल?

सिक्किम आइपुग्यो मनसुन, कहिले आइपुग्छ नेपाल?

प्रतिकात्मक तस्बिर : मनसुन


नेपालखबर
जेठ १९, २०८१ शनिबार १४:१, काठमाडौँ

बर्खायाम सुरु गराउने मौसम प्रणाली ‘मनसुन’ सिक्किम आइपुगेको र ‘केही दिन’भित्र पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गर्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार यस वर्षको मनसुन भारतको उत्तर-पूर्व, बंगलादेश, भुटान हुँदै आज सिक्किमसम्म आइपुगेको हो। 

महाशाखाले शनिबार (जुन १ तारिख) सूचना जारी गर्दै भनेको छ- ‘नेपालको पूर्वी भूभागमा  मनसुन भित्रिनको लागि अझै केही दिन लाग्ने देखिएको छ।’

हेर्नुहोस् सूचना-

महाशाखाका मौसमविद् मीनकुमार अर्यालका अनुसार मनसुन नेपाल प्रवेश गर्ने सरदर मिति यही जुन १३ तारिख हो। तर यसभन्दा केही दिन अघिपछि पनि हुने मौसमविद् बताउँछन्। 

‘हामीले बुलेटिनमा मनसुन नेपाल आइपुग्न केही दिन लाग्ने किन भनेका हौँ भने अहिले नै यति दिनभित्र मनसुन प्रवेश गर्छ भनेर अनुमान लगाउने अवस्था भइसकेको छैन’, मौसमविद् अर्यालले भने, ‘मनसुन नेपाल भित्रिने सरदर मिति आउन अझै १२/१३ दिन बाँकी छ, हामी निरन्तर अनुगमन गरिरहेका छौँ, त्यस आधारमा पुनः जानकारी गराउनेछौँ, तर अहिले नै यति दिनभित्र मनसुन नेपाल आइसक्छ भनेर तोक्न सक्दैनौँ।’

यस क्रममा मौसमविद् अर्यालले अचेल गुगल गरेर जो पनि मौसमविद् बनेर घोषणा गर्ने क्रम  बढेको टिप्पणी पनि गरे। ‘हामी यत्रो टिम लागेर अनुगमन गरिरहेका छौँ’, उनले भने, ‘यहाँ गुगल हेर्दै घोषणा गरिदिन्छन्।’  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .