ad ad

समाज


देशभरमै सिन्धुपाल्चोकमा मात्र भारी वर्षा

देशभरमै सिन्धुपाल्चोकमा मात्र भारी वर्षा

प्रतिकात्मक तस्बिर


नेपालखबर
जेठ २५, २०८१ शुक्रबार १३:४४, काठमाडौँ

पछिल्लो १२ घण्टामा देशभरमै सबैभन्दा बढी पानी सिन्धुपाल्चोकमा परेको छ। 

शुक्रबार दिउँसो १:३० बजे सार्वजनिक मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार पछिल्लो १२ घण्टामा देशभरिमा सिन्धुपाल्चोकको नवलपुर स्टेसन (वर्षा मापन केन्द्र) मा मात्र भारी वर्षा मापन भएको हो। 

त्यहाँ ६० मिलिमिटर वर्षा भएको महाशाखाले जनाएको छ। 

देशका अन्य स्थानमा भने हल्कादेखि मध्यमसम्म मात्र वर्षा मापन भएको महाशाखाको वर्षा विवरणमा उल्लेख गरिएको छ। 

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा मुनि वर्षा भयो भने हल्का, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनि वर्षा भयो भने मध्यम तथा यसभन्दा माथि १०० मिलिमिटरभन्दा मुनिको वर्षा भयो भने भारी वर्षा भनिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .