ad ad

समाज


आजदेखि असार ३ सम्म जाँदैछ काठमाडौँका यी ४० ठाउँमा दैनिक ६ घण्टा बिजुली

आजदेखि असार ३ सम्म जाँदैछ काठमाडौँका यी ४० ठाउँमा दैनिक ६ घण्टा बिजुली

नेपालखबर
जेठ २६, २०८१ शनिबार ९:६, काठमाडौँ

काठमाडौको रत्पार्क वितरण केन्द्रको विद्युत् लाइन आजदेखि आगामी असार ३ गतेसम्म दैनिक ६ घण्टा अवरुद्ध हुने भएको छ। 

विद्युत लाइन भूमिगत गर्नुपर्ने भएकाले आगामी असार ३ गतेसम्म विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरण काठमाडौँ उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदढीकरण आयोजना खरिपाटी भक्तपुले जनाएको छ। 

रत्नपार्क वितरण केन्द्रअन्तर्गतको बबरमहल, कालीकास्थान, भिमसेनस्थान, गैरीधारा, पानीपोखरी र सामाखुसी वितरण केन्द्रमा जेठ २६, २८, ३०, ३२, असार २ र ३ गते विद्युत् कटौती हुनेछ।  बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म विद्युत् अवरुद्ध हुनेछ।

प्राधिकरणका अनुसार शनिबार बबरमहल क्षेत्रस्थित सैनिक मुख्यालय, सुनधारा टेलिकम, भन्सार विभाग, पशु अस्पताल, रानीपोखरी प्रहरी र स्वास्थ्य मन्त्रालय लगायत स्थानमा विद्युत् अवरुद्ध हुनेछ।

यस्तै सोमबार कालिकास्थान, बुधबार भीमसेनस्थान, शुक्रबार गैरीधारा, असार २ गते पानीपोखरी र ३ गते सामाखुशी क्षेत्रमा विद्युत् अवरुद्ध हुने प्राधिकरणले प्रकाशन गरेको सूचनामा उल्लेख छ।

हेर्नुहोस् सूचना 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .