ad ad

समाज


इजरायली राजदूतले विपिनको घरमै पुगेर भने- आफ्नै नागरिकसरह उनको खोजीमा जुटेका छौँ

इजरायली राजदूतले विपिनको घरमै पुगेर भने- आफ्नै नागरिकसरह उनको खोजीमा जुटेका छौँ

नेपालखबर
जेठ २८, २०८१ सोमबार ५:३७, काठमाडौँ

नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको बताएका छन्। 

आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगरस्थित विपिन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको पारिवारिका अवस्थाबारे जानकारी लिएको थियो। सो अवसरमा राजदूत गोडारले विपिनलाई इजरायली नागरिक सरह सम्झेर खोजी जारी राखेको बताए। 
    
 ‘विपिनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे, उनले भने,  ‘यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ।’

विपिनका भाई नाता पर्ने किशोर जोशीले राजदूत गोडरसँग जोशीको परिवारले रिहाइका लागि पहल गरिदिन र उनको अवस्थाबारेमा जानकारी मागेको बताए।   ‘राजदूतले खोजी जारी राखेका छौँ, ढुक्क हुनुहोस् भन्नुभयो’, जोशीले भने,  ‘उहाँले परिवारका हामी सदस्यसँग भेटघाटका लागि यहाँ आउनुभएको रहेछ।’

जोशीले आठ महिनाभन्दा बढी समय बितिसक्दा पनि विपिनको अवस्थाबारे जानकारी हुन नसक्दा परिवार तनावग्रस्त रहेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .