ad ad

समाज


बाल श्रमिक उद्धार गरिएका क्यान्टिन उद्योग र ऊर्जा मन्त्रालयका

बाल श्रमिक उद्धार गरिएका क्यान्टिन उद्योग र ऊर्जा मन्त्रालयका

काठमाडौं महानगरको बाल उद्धार टोली सिंहदरबारमा। तस्बिर स्रोतः काठमाडौं महानगरपालिका


नेपालखबर
जेठ ३०, २०८१ बुधबार १८:५८, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले सिंहदरबारभित्रका विभिन्न क्यान्टिनमा खटाइएका ४ बालबालिकाको उद्धार गरेको छ।

उद्धार गरिएका बाल श्रमिकहरू उद्योग मन्त्रालय, ऊर्जा मन्त्रालय र केन्द्रीय सेवा केन्द्रका क्यान्टिनमा काम गरिरहेका थिए।

यसअघि काठमाडौं महानगरको बाल उद्धार टोलीले १९ बालिका र १८ बालक गरी ३७ बालश्रमिकलाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरी विभिन्न ६ वटा संरक्षण गृहहरूमा राखेको छ ।

उद्धार गरिएका बालबालिकाहरू घरेलु श्रमिक, होटल र होस्टल, यातायात तथा निर्माण क्षेत्रका बढी छन्। जोखिममा रहेका र संरक्षणको आवश्यकता भएका बालबालिकाहरूले आफू जोखिममा रहेको खबर गरेपछि उद्धार गरिएको महानगरपालिकाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .