ad ad

समाज


टिचिङको ‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न महानगरले गर्‍यो सिफारिस

टिचिङको ‘पानोर्मा फार्मेसी’ लाई कारबाही गर्न महानगरले गर्‍यो सिफारिस

नेपालखबर
असार ४, २०८१ मंगलबार १८:०, काठमाडौँ

काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले ‘पानोर्मा फार्मेसी’लाई कारवाही गर्न औषधि व्यवस्था विभागलाई लेखेर पठाएको छ। 

वडा नम्बर २ स्थिते त्रिभुवन शिक्षण अस्पताको प्रांगणमा रहेको यो फार्मेसीमा अनुगमन गर्दा सञ्चालकले म्याद गुज्रेको औषधी बिक्री गरेको पाइएपछि कारबाहीका लागि सिफारिस गरिएको हो। 

विभिन्न भ्याक्सिन र इन्सुलिन भण्डारण गरेर राख्ने डी फ्रिजको तापक्रम १३ डिग्री सेन्टिग्रेट राखिएको अनुगमनका क्रममा भेटिएको थियो। यसलाई २ देखि ८ डिग्री सेन्टिग्रेडका बिचमा कामय राख्नुपर्ने व्यवस्था छ। 

यसरी राखिएका भ्याक्सिन र इन्सुलिन प्रयोग गर्ने उपभोक्तालाई नकारात्मक असर पर्न सक्ने भएपछि अनुगमनका दिनमा फार्मेसी बन्द गरिएको थियो। यो औषधी ऐन २०३५ तथा औषधी विक्री वितरण आचारसंहिता २०८० को दफा ३ को व्यवस्था विपरितको अवस्था रहेको महाहनगरपालिकाले जनाएको छ। 

विभागका निमित्त प्रमुख सजिना महर्जनका अनुसार, कारबाहीका लागि लेखेरै पठाइएको यो पहिलो हो। 

औषधिमा मिसावट गर्न, म्याद नाघेका औषधी बेच्न, अरु सामानलाई औषधी भनेर बेच्न पाइँदैन। यसो गरेर ज्यानलाई खतरा पुग्ने सम्भावना भएमा जन्मकैद वा १० बर्षसम्म वा जरिवाना हुने व्यवस्था छ।

यस्तै शरिरको कुनै अङ्गको शक्ति क्षीण वा हरण हुन सक्ने भएमा १० वर्षसम्म कैद र जरिवाना तथा अन्य अवस्थामा ५ वर्ष कैद वा दुवै जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ। जरिवाना गर्दा बिगो वा १ लाख रुपैयाँमध्ये जुन धेरै हुन्छ, त्यही जरिवाना हुनेछ।

यसबाहेक ऐनमा लेखिएका अन्य व्यवस्थाको पालना नगर्नेलाई एक बर्षसम्म कैद वा ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .