ad ad

समाज


लागुपदार्थ खाएर गाडी चलाउने ४ जना चालक काभ्रेबाट पक्राउ

लागुपदार्थ  खाएर गाडी चलाउने ४ जना चालक काभ्रेबाट पक्राउ

नेपालखबर
असार ७, २०८१ शुक्रबार ८:१२, काभ्रे

लागुपदार्थ खाएर सवारी साधन चलाउने चारजना चालकलाई काभ्रे प्रहरीले पक्राउ गरेको छ। 

लागुऔषध दुरुपयोग तथा अवैध ओसार पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको साताव्यापी कार्यक्रमअनुसार बिहीबार धुलिखेलमा २९ वटा सवारी साधन जाँच गर्दा चारजना चालक लागू औषध सेवन कर्ता फेला परेका हुन्। 

उनीहरुलाई पक्राउ गरेर कानुनी कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको साँगाचौकगढी ननगरपालिका ८ घर भएका बा.प्र.०३-००१ ज ४०५ नम्बरको ईभी गाडीका चालक ३२ वर्षी पासाङ दावा शेर्पा, साँगाचोकगढी नै घर भएका बा.प्र.०१-००६ ख ४८५१ नम्बरको कालिञ्चोक यातायात प्रालिका चालक २७ वर्षीय नकुल खत्री, काभ्रेको मण्डनदेउपुर गाउँपालिका ९ घर भएका बा.५ ख १०४२ को ट्रिपर चालक ३२ वर्षीय सरोज हमाल  र दोलखाको गौरी शंकर गाउँपालिका ३ घर भएका बा.४ ख ५७५५ नम्बरको अरनिको यातायातका चालक २९ वर्षीय रिम बहादुर कार्की रहेका छन्।  

उनीहरुले लागू पदार्थ सेवान गरी सवारी चलाएको हुँदा कानुन बमोजिम आवश्यक कारवाहीको लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .