ad ad

समाज


पत्रकार महासंघको निर्वाचन असार २२ मा

पत्रकार महासंघको निर्वाचन असार २२ मा

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८१ शनिबार ५:४३, काठमाडौँ

नेपाल पत्रकार महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

आगामी असार २२ गते मतदान गर्नेगरी महासंघले महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । पूर्व निर्धारित मिति गएको जेठ २६ गते महासंघले निर्वाचन गर्न सकेको थिएन।

महासंघ केन्द्रीय निर्वाचन समितिले शुक्रबार राति निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । 

निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ। 

उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने महासंघले जनाएको छ। उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .