ad ad

समाज


पछिल्लो २४ घण्टामा देशका यी १६ स्थानमा भारी वर्षा

पछिल्लो २४ घण्टामा देशका यी १६ स्थानमा भारी वर्षा

फाइल तस्बिर


नेपालखबर
असार ८, २०८१ शनिबार ११:३५, काठमाडौँ

मनसुन पाँच प्रदेशमा विस्तार भएयता देशका अधिकांश स्थानमा वर्षा भएको छ। 

यसै क्रममा पछिल्लो २४ घण्टामा मुलुकका १६ स्थानमा भारी वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले शनिबार (आज) बिहान ११ बजे प्रकाशन गरेको विवरणमा उल्लेख गरिएको छ। 

उक्त अवधिमा सबैभन्दा धेरै रुकुम पश्चिमको मुसिकोटमा ८९ मिलिमिटर वर्षा भएको छ। यसपछि क्रमशः दाङको घोराहीमा ७४.२, प्युठानको रजवारामा ६७, बागलुङको गलकोटमा ६६, गुल्मीको भार्सेमा ६४.८ तथा बाँकेको सिक्टामा ६४.२ मिलिमिटर वर्षा भएको छ। 

यसैगरी पर्वतको कार्कीनेता ६४.६, गुल्मीको तम्घासमा ६२.८, लमजुङको घरेढुंगा ५८.८, गोरखाको बारपाकमा ५७.४ तथा सिन्धुपाल्चोकको बाह्रबिसे ५३.८ मिलिमिटर वर्षा भएको छ। ‍

महाशाखाको विवरणअनुसार स्याङ्जाको स्याङ्जामा ५२.६, दाङको सुखबारेमा ५२.४, नवलपुरको दुम्कौलीमा ५२.४, म्याग्दीको दरबाङमा ५२.२ र दाङको अम्बापुरमा ५१.२ मिलिमिटर वर्षा भएको छ।  

मौसमविद्का अनुसार २४ घण्टाभित्र ५० मिलिमिटरभन्दा माथि १०० मिलिमिटरदेखि मुनि वर्षा हुनुलाई भारी वर्षा भनिन्छ। 

यो पनि : मनसुनको प्रभाव: ४ प्रदेशमा वर्षा जारी, कस्तो रहला अबको ३ दिन देशभरको मौसम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .