ad ad

समाज


सिन्धुपाल्चोकका ३ सहित देशका ९ स्थानमा भारी वर्षा

सिन्धुपाल्चोकका ३ सहित देशका ९ स्थानमा भारी वर्षा

फाइल तस्बिर


नेपालखबर
असार ९, २०८१ आइतबार ९:३८, काठमाडौँ

पछिल्लो २४ घण्टामा देशका ९ स्थानमा भारी वर्षा भएको छ। 

मौसम पूर्वानुमान महाशाखाको आज (आइतबार) बिहान ९ बजेसम्मको अपडेटअनुसार सिन्धुपाल्चोकका तीन ठाउँ, गोरखाका दुई ठाउँ, दोलखाका दुई स्थान, लमजुङको एक ठाउँ र तनहुँको एक स्थानमा भारी वर्षा भएको हो। 

महाशाखाको विवरणअनुसार पछिल्लो २४ घण्टामा सबैभन्दा बढी दोलखाको जिरीमा ७९.६ मिलिमिटर वर्षा भएको छ। 

यसपछि क्रमशः दोलखाको लामाबगरमा ७२ तथा सिन्धुपाल्चोकको चन्दर्कु भन्ने स्थानमा ७०.८ मिलिमिटर वर्षा भएको छ। 

यसैगरी गोरखाको बारपाक ६८.८, सिन्धुपाल्चोकको भोटाङमा ६८.४ तथा तनहुँको बन्दीपुरमा ६७.२ मिलिमिटर वर्षा भएको छ। 

महाशाखाका अनुसार पछिल्लो २४ घण्टा (शनिबार बिहान ९ बजेदेखि आइतबार बिहान ९ बजेसम्म) मा सिन्धुपाल्चोकको ढुंगेमा ५४.४, गोरखाको आरुघाटमा ५२.४ र लमजुङको खुदी बजारमा ५२ मिलिमिटर वर्षा भएको छ। 

यी मौसम महाशाखाका स्वचालित वर्षा मापन केन्द्र भएका ठाउँ हुन्। यसबाहेक देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भएको छ। 

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा तलको वर्षा हुनुलाई हल्का, १० मिलिमिटरभन्दा माथि र ५० मिलिमिटरभन्दा मुनि वर्षा हुनुलाई मध्यम तथा ५० मिलिमिटरभन्दा माथि, १०० मिलिमिटरभन्दा मुनिको वर्षा हुनुलाई भारी वर्षा भनिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .