ad ad

समाज


लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

लागुऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ

नेपालखबर
असार १०, २०८१ सोमबार १५:४२, काठमाडौँ

काठमाडौंको टोखा नगरपालिका–८ बानियाटारबाट लागुऔषधसहित प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभाग गोंगबुबाट खटिएको संयुक्त प्रहरी टोलीले निगरानी गर्ने क्रममा दुईजनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा बर्दियाको गरुवा गाउँपालिका–६ स्थायी घर भएका वर्ष १९ का भरत बोहरा र मोरङको कानेपोखरी गाउँपालिका–३ स्थायी घर भएका वर्ष २६ का तुलाराम चौधरी रहेका छन्।

उनीहरूको डेरा कोठा खानतलासी गर्दा लुकाई छिपाई राखिएको अवस्थामा लागुऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ २४.९१ ग्राम फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम प्रहरी वृत्त महराजगञ्जबाट थप अनुसन्धान भइरहेको छ।

प्रहरीका अनुसार उनीहरूको साथबाट मोबाइल थान ५, नेपाली नगद रु १९ हजार, भारतीय नगद रु ५०० को दरको थान २, भरत बोहराको नागरिकता, केटीएम डीयूकेई मोटरसाइकल, भरत बोहराको सवारी चालक अनुमति पत्र र तुलाराम चौधरीको सवारी चालक अनुमति पत्र फेला पारेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .