राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बिहानै माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा सार्वजनिक गरे पनि विद्यार्थीले अझै आफ्नो नतिजा हेर्न पाएका छैनन्।
रिजल्ट सार्वजनिक भएको झण्डै ४ घण्टा भैसक्दा पनि परीक्षा नियन्त्रण कार्यालयको वेवसाइटसहित कुनै पनि वेबसाइट, फोन र एसएमएसबाट विद्यार्थीले आफ्नो नतिजाको जानकारी नपाएका हुन्।
राष्ट्रिय परीक्षा बोर्डले बिहीबार बिहान नौ बजे यस वर्षकाे एसईईको नतिजा सार्वजनिक गरेको थियो।
बोर्डका अनुसार यस वर्ष ५२ दशमलव १४ प्रतिशत अर्थात् २ लाख ४२ हजार ३१३ जना विद्यार्थी अनुत्तीर्ण अर्थात् ‘ननग्रेड’ भएका छन्।
1.7k
Shares
प्रतिक्रिया