ad ad

समाज


सहिद पार्कमा पूर्वमन्त्री अधिकारीको शालिक

सहिद पार्कमा पूर्वमन्त्री अधिकारीको शालिक

वाशुदेव मिश्र
फागुन १५, २०७६ बिहिबार ७:११,

पोखरामा पूर्व पर्यटन मन्त्री रवीन्द्र अधिकारीको शालिक ठडिएको छ।

उनको गतवर्ष आजकै दिन अर्थात फागुन १५ गते मन्त्री पदमा बहालरहिरहेकै समयमा हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो।

कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाको चुनाव जितेका युवा नेता रवीन्द्र अधिकारी राष्ट्रिय राजनीतिको केन्द्रमा थिए। प्रखर वक्ता तथा मिलनसार स्वभावका रवीन्द्रको स्मृतिलाई चीरस्थायी बनाउन पोखरा–१८, जामुनेबोटमा रहेको सहिद पार्कमा उनको शालिक स्थापना गरिएको हो।

शालिकको बिहीबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अनावरण गरे।

रवीन्द्रको स्मृतिमा गठित स्मृति प्रतिष्ठानले एक साता अघिदेखि उनको सम्झनामा विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ।

बिहीबार आयोजना हुने विशेष कार्यक्रममा उनको स्मृतिमा कल्याणकारी काममा प्रयोग गर्नेगरी अक्षयकोष स्थापना गरिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .