६७३ नागरिक र संस्थाहरूले नेपाली श्रमिकलाई इजरायल नपठाउन अपिल गरेका छन्।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई एक पत्र पठाउँदै उनीहरूले नेपाली नागरिकलाई जोखिममा पार्ने गरी कामदारका रूपमा युद्धरत इजरायलमा पठाउन नेपाल सरकारद्वारा आवेदन आह्वान गरिएको भन्दै रद्द गर्न माग गरेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई बोधार्थ दिइएको सो पत्रमा इजरायललाई ‘मानवताका मापदण्ड उल्लंघन तथा संयुक्त राष्ट्र संघको शान्ति प्रयत्नको अवहेलनाकर्ता’को रुपमा उल्लेख गरिएको छ।
साथै, २०२३ अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणमा परी १० जना निर्दोष नेपाली नागरिकले ज्यान गुमाउन परेको स्मरण गराईको छ।
यस्तो छ अपिल :
129
Shares
प्रतिक्रिया