ताप्लेजुङको फुङलिङ नगरपालिकाका इन्जिनियर मोहम्मद अख्तर हुसैन एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई घुस लिँदालिँदै रंगे हात पक्राउ गरेको हो।
नगरपालिकामा अधिकृतस्तर छैटौं, सिभिल इन्जिनियर पदमा कार्यरत हुसैनले खेलकुद मैदान निर्माण कार्यमा सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको इटहरी कार्यालयबाट खटिई गएको टोलीले उनलाई निन्त्रणमा लिइएको हो।
उनलाई फुङलिङ नगरपालिका वडा नं. ४ न्युरोड ट्याक्सी स्ट्यान्डनजिकबाट सोमबार नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।
60
Shares
प्रतिक्रिया