ad ad

समाज


आज राति यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

आज राति यी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

फाइल फाेटाे


नेपालखबर
असार २४, २०८१ सोमबार २०:४२, काठमाडौँ

हाल देशका विभिन्न स्थानमा वर्षा जारी छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (सोमबार) राति कोसी, मधेस, लुम्बिनी र कर्णाली  प्रदेशका केही स्थान र बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा जारी रहने सम्भावना छ। 

कोसी, मधेस र गण्डकी  प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना महाशखाले जनाएको छ। 

हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थान आसपास र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ रहेको महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार आज सोमबारदेखि वर्षाको मात्रा क्रमशः घट्ने सम्भावना छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .