ad ad

समाज


ढुंगेधारा संरक्षणका लागि हस्ताक्षर

ढुंगेधारा संरक्षणका लागि हस्ताक्षर

नेपालखबर
फागुन १६, २०७६ शुक्रबार १२:२२,

खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले काठमाडौं उपत्यकाभरीका पोखरी र ढुंगेधारा संरक्षण गरी व्युटिफिकेसन गरिने बताएकी छन्।

शुक्रबार मन्त्रालय र विभिन्न नगरपालिकाबीच भएको हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री मगरले यस्तो बताएकी हुन्। महालक्ष्मी नगरपालिका, मध्यपुर ठिमी नगरपालिका र मन्त्रालयबीच ढुंगेधारा र पोखरी संरक्षणका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको हो। मन्त्री मगरले हिजोको परम्परा र शैलीलाई निरन्तरता दिएर अहिलेको आधुनिक युगमा त्यसको संरक्षण गर्दै अगाडी बढ्ने बताइन्।

उपत्यकाका १० वटा नगरपालिका भित्र रहेका ५ सय ७३ ढुंगेधारा र २ सय ३३ पोखरीहरुको नक्शांकनको काम सकिएको छ।

५ सय ७३ ढुंगेधारामध्ये ४७९ स्थलगत रुपमा भेटिएका छन्, भने ९४ वटा हराएका छन्। त्यसैगरी २ सय ३३ पोखरीमध्ये १९३ वटा पोखरी भेटिएका छन्, ४० वटा हराएका छन्। आर्थिक वर्षको सुरुबाट नै प्रत्येक नगरपालिकामा विषय विज्ञसहितको टोली बनाएर ढुंगेधारा तथा पोखरीहरुको नेवारी नाम, अहिलेको अवस्था, पानीको गुणस्तरको अवस्था अद्यावधिक गर्ने काम पनि सकिएको छ।

महालक्ष्मी नगरपालिका र मध्यपुर ठिमी नगरपालिकामा रहेका ढुंगेधारा तथा पोखरीहरुको पूनर्निमाण र संरक्षणको विस्तृत खाका तयार गरी २ वषभित्र पूनर्निमार्ण सम्पन्न गर्ने र बाँकी नगरपालिकाहरुमा समेत क्रमैसँग काम अगाडी बढाउने सम्झौतापत्रमा उल्लेख छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड र नगरपालिकाबीचको सहकार्यमा गुरुयोजना अनुसार काम सम्पन्न गर्दै जाने लक्ष्य लिइएको छ।

काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड, महालक्ष्मी, मध्यपुर ठिमी नगरपालिका र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको समुन्वयमा कार्य सञ्चालन गर्न खानेपानी मन्त्री मगरको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .