ad ad

समाज


राष्ट्रिय सूचना आयोगमा तीन महिनामा ५२६ वटा पुनरावेदन

राष्ट्रिय सूचना आयोगमा तीन महिनामा ५२६ वटा पुनरावेदन

नेपालखबर
साउन ४, २०८१ शुक्रबार १४:५८, काठमाडौँ

राष्ट्रिय सूचना आयोगमा २०८१ सालको तीन महिनामा ५२६ वटा पुनरावेदन दर्ता भएका छन्।

आयोगले २०८१ वैशाख, जेठ र असार महिनामा सम्पादन भएका मुख्य मुख्य कार्यहरू सम्बन्धी जानकारी दिन जारी गरेको प्रेस विज्ञप्तिमा सो कुरा जनाएको हो।

‘वैशाख, जेठ र असार महिनामा आयोगमा ५२६ वटा पुनरावेदन दर्ता भयो ३४१ वटा पुनरावेदन उपर लिखित जवाफ पेश गर्नु भन्ने आदेश भयो भने ५९९ वटा पुनरावेदन उपर सूचना उपलब्ध गराउनू भन्ने आदेश भयो’ आयोगले भनेको छ।

यस्तै, आयोगले मनसुनको समयमा हुने जन–धनको क्षति न्यूनीकरण गर्न विपद्को तयारीको लागि प्रचार प्रसार गर्न गृह मन्त्रालय, उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, भौतिक पूर्वााधार तथा यातायात मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव, जल तथा मौसम विज्ञान विभागका महानिर्देशक, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुखका नाममा आदेश जारी गरेको छ।

सार्वजनिक निकायहरुमा सूचना मागकर्ताले इमेल, हुलाक आदिबाट सूचना माग गरेमा निवेदकलाई दर्ता नम्बर उपलब्ध गराउन मुख्यसचिव मार्फत केन्द्रीयस्तरका मन्त्रालय, प्रमुख सचिव मार्फत सबै प्रदेश सरकार र सबै स्थानीय तहको नाममा आदेश भएको आयोगले जनाएका् छ।

आयोगले शुक्रबार जारी गरेको प्रेस वक्तव्यमा प्रमुख सूचना आयुक्त महेन्द्र मान गुरूङ्गसहित आयुक्तहरूले विभिन्न देश र स्वदेशमा गरेको गतिविधिबारे जारी दिइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .