काठमाडौँ महानगरपालिका–२२ का वडाध्यक्ष चिनीकाजी महर्जनले न्युरोडको सडकबाटै वडा कार्यालयका काम गर्न थालेका छन्। न्युरोडमा फुटपाथ विस्तार गर्ने महानगरको निर्णयको विरोधमा उनले आइतबारबाट सडकमै टेबुलकुर्सी राखेर काम सुरु गरेका हुन्।
महानगरले फुटपाथ विस्तारको निर्णय फिर्ता नलिएसम्म सडकमै बसेर काम गर्ने वडाध्यक्ष महर्जनले बताएका छन्।
त्यसतै, आइतबार फुटपाथ विस्तारको कामका लागि पुगेको महानगरको डोजर फर्किएको छ। डोजर फर्किएपनि फुटपाथ विस्तारको काम रोक्ने निर्णय नभएसम्म आफूहरूको आन्दोलन कायम रहने स्थानीय र प्रतिनिधिहरूले बताएका छन्।
मेयर बालेन्द्र शाह (बालेन)ले तनाशाही प्रवृत्ति देखाएको र उक्त कुरा स्वीकार हुन नसक्ने उनीहरूले बताएका छन्।
यसअघि शुक्रबार पनि त्यहाँ महानगरसँग स्थानीयको घम्साघम्सी भएको थियो।
879
Shares
प्रतिक्रिया