ad ad

समाज


ग्वार्कोको गेस्ट हाउसमा युवकसँग बसेकी युवतीको मृत्यु

युवकको बीएन्डबी अस्पतालमा उपचार हुँदै
ग्वार्कोको गेस्ट हाउसमा युवकसँग बसेकी युवतीको मृत्यु

नेपालखबर
साउन ११, २०८१ शुक्रबार ९:२३, काठमाडौँ

ललितपुरको ग्वार्कोमा रहेको एक गेस्ट हाउसमा एक युवतीको मृत्यु भएको छ।

२१ वर्षीया ती युवतीको परिचय भने प्रहरीले सार्वजनिक गरेको छैन। 

गोदावरी नगरपालिका- ८, डुकुछाप घर भई हाल ललितपुरको सातदोबाटो बस्दै आएका २६ वर्षीय सन्दीप विकको साथ लागेर बिहीबार राति ९ बजे ती युवती ग्वार्कोमा रहेको सनलाइट गेस्ट हाउसमा पुगेकी थिइन्। राति युवकसँगै बसेकी युवतीको आज बिहान मृत्यु भएको प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिए।

ती युवती बिहानीपख बेहोस भएपछि गेस्ट हाउस सञ्चालकले ग्वार्कोमा रहेको बी एन्ड बी अस्पताल पुर्‍याएका थिए। ‘उपचारकै क्रममा शुक्रबार बिहान ७ बजे उनको मृत्यु भएको हो,’ एसपी सुवेदीले नेपालखबरसँग भने। 

युवकले पनि सास फेर्न आफूलाई कठिनाइ भएको बताएपछि प्रहरीको निगरानीमा उनको बी एन्ड बी अस्पतालमा नै उपचार भइरहेको सुवेदीले बताए। 

‘ती युवती र युवक साथीसाथी भएको खुलेको छ,’ एसपी सुवेदीले भने, ‘घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।’

युवतीको मृत्यु भएपछि प्रहरीले गेस्ट हाउस सञ्चालक रामेछापको दोरम्भा घर भएका झंक मगरलाई पनि नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .