ad ad

समाज


गोरखा पहिरो : रातिदेखि बेपत्ता पाँचजना अझै फेला परेनन्

गम्भीर घाइते २ जनालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो
गोरखा पहिरो : रातिदेखि बेपत्ता पाँचजना अझै फेला परेनन्

नेपालखबर
साउन १३, २०८१ आइतबार ११:१३, काठमाडौँ

गोरखामा गएराति पहिरोले घर पुरिँदा बेपत्ता भएका पाँच जनाले अझै फेला परेका छैनन्। 

गोरखाको उत्तरी क्षेत्रमा धार्चे गाउँपालिका–५ सिङग्लामा गएराति ३ बजे पहिरोले एक पुरिँदा एकै घरका तीनसहित पाँचजना बेपत्ता भएका हुन्। 

पहिरोमा परेर गम्भीर घाइते भएका दुई जनालाई भने हेलिकप्टरमार्फत् काठमाडौँ पठाइएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका स्वकीय सचिव राज गुरुङले जानकारी दिए। 

‘हामी अहिले घटनास्थलमै छौँँ,’ उनले नेपालखबरसँग भने, ‘तीन गाउँका सयौँ स्थानीय र सुरक्षाकर्मीले अहिले बेपत्ताहरुको खोजी गरिरहेका छन्।’

गएराति ३ बजे गएको पहिरोले स्थानीय जितबहादुर गुरुङको घर पुरिँदा घरमुली गुरुङसहित पाँच जना बेपत्ता भएका हुन्। 

बेपत्ता हुनेमा घरमुली जितबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ र बुवा सोलाल कान्छा गुरुङ छन्। त्यसैगरी सोही घरमा बास बसेका स्थानीय रमेश गुरुङ र गोरखाकै आरुघाट गाउँपालिका घर भएका ट्याक्टर चालक रमेश परियार पनि पहिरोमा बेपत्ता छन्। 

पहिरोमा पुरिएर स्थानीय दिलिप गुरुङ र खमबहादुर गुरुङ गम्भीर घाइते भएका छन्। राज गुरुङले घटनास्थलबाट भने, ‘घाइते दुई जनालाई हेलिकप्टर चार्टर गरेर काठमाडौँको ग्रान्डी अस्पताल लगिएको छ।’

पहिरोस्थल नजिकै रेसे खोला अपार रेसे हाइड्रो पावार निर्माणाधिन अवस्थामा छ। सोही हाइड्रो पावरमा काम गर्ने मजदुर पनि सो घरमा बस्दै आएका थिए। 

राति एक्कासी स्थानीय ड्युपार खोलामा लेदोसहितको ठूलो बाढी आउँदा एउटा घर र एउटा गोठ पुरिएको हो। घरमा बास बसेका केही कामदारले भने भागेर ज्यान जोगाएका छन्। 

घटनास्थलबाट भागेर ज्यान जोगाएका खमबहादुरले पहिरोमा मानिसहरु पुरिएको जानकारी स्थानीयलाई गराएपछि उद्धार कार्य सुरु भएको उनले बताए। 

जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी वासुदेव पाठकले घटनास्थलमा नेपाल प्रहरी, सेना र शसस्त्र प्रहरी उद्धारको लागि गएको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .