ad ad

समाज


बल्खु खोलाले बगाउँदा काठमाडौँमा १ जनाको मृत्यु

बल्खु खोलाले बगाउँदा काठमाडौँमा १ जनाको मृत्यु

नेपालखबर
साउन १६, २०८१ बुधबार ९:४७, काठमाडौँ

बल्खु खोलाको बाढीले बगाउँदा काठमाडौँमा एकजनाको मृत्यु भएको छ। 

प्रहरीले बुल्खु पुलमुनि अड्किएको अवस्थामा एक शव फेला पारेको हो। उक्त शव बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको भएको प्रहरीले जनाएको छ। 

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता दिनेशराज मैनालीका अनुसार काठमाडौँको सुकुम्बासी टोलमा बस्दै आएका महतोको बाढीमा परी मृत्यु भएको हो। 

मृतकका परिवार प्रहरीको सम्पर्कमा आएकाले उनीहरूलाई शव बुझाउने तयारी भएको मैनालीले बताए।  

काठमाडौँ उपत्यकामा गए राति मुसलधारे वर्षा भएपछि बाग्मती र यसका सहायक हनुमन्ते, मनोहरा, धोबिखोला, गोदावरी, विष्णुमती, नक्खु, बल्खुखोलालगायत सबैमा जलसतहले खतराको तह पार गरेको थियो। 

बाढी खोलाकिनारको सडकसम्म पसेको र कतिपय बस्ती डुबानमा परेका प्रवक्ता मैनालीले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .