ad ad

समाज


हेमबहादुर मल्ल सम्मान भेषबहादुर थापालाई प्रदान गरिने

हेमबहादुर मल्ल सम्मान भेषबहादुर थापालाई प्रदान गरिने

नेपालखबर
साउन २१, २०८१ सोमबार १७:४१, काठमाडौँ

नेपाल जनप्रशासन संघले २०७९ को ‘हेमबहादुर मल्ल सम्मान’ कूटनीतिज्ञ डा भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ।

संघ र साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा संयुक्तरूपमा सोमबार आयोजित पत्रकार सम्मेलनमा थापालाई सम्मानपत्रसहित दुई लाख रूपैयाँ राशिको सम्मान प्रदान गरिने जानकारी दिइएको हो।

उक्त सम्मान यही साउन २३ गते विशेष समारोहका बीच प्रदान गरिनेछ।

संघले साल्ट ट्रेडिङको सौजन्यमा सो संस्थाका अध्यक्ष एवं कुशल व्यवस्थापक स्व हेमबहादुर मल्लको स्मृतिमा उक्त सम्मान स्थापना गरेको हो। पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेको कदरस्वरूप डा थापालाई सो सम्मान प्रदान गर्न लागिएको संघका अध्यक्ष मधुरमण आचार्यले जानकारी दिए।

सम्मान छनोटका लागि पूर्वसचिव एवं पूर्वअर्थमन्त्री शंकर कोइरालाको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिमा संघका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा, साल्ट ट्रेडिङका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्वसचिव शिशिरकुमार ढुंगाना सदस्य थिए।

यसअघि सो सम्मानबाट केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, डा विमल कोइराला, महावीर पुन, स्व अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुंगाना, डा सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशङ्कर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्षबहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानित भइसकेका छन्।

मल्ललले साल्ट ट्रेडिङको संस्थापक प्रमुख, कार्यकारी प्रमुख, निर्देशक इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गरेका थिए।

प्रशासन र व्यवस्थापनका क्षेत्रमा कार्यरत प्राज्ञिक, प्रशासक र व्यवस्थापकबीचको पारस्परिक सम्बन्धलाई मर्यादित र सुदृढ गर्दै सार्वजनिक सरोकारसँग सम्वन्धित सार्वजनिक क्षेत्रको नीति निर्माण, पुनरवलोकन र मूल्याङ्कनमा पृष्ठपोषण गर्ने उद्देश्यले २०४७ सालमा संघको स्थापना भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .