ad ad

समाज


बाढीले सडकमा लेदो थुप्रिँदा बीपी राजमार्ग अवरुद्ध

बाढीले सडकमा लेदो थुप्रिँदा बीपी राजमार्ग अवरुद्ध

फाइल तस्बिर


नेपालखबर
साउन २२, २०८१ मंगलबार ११:४९, काठमाडौँ

अविरल वर्षाको कारण बीपी राजमार्ग अवरुद्ध भएको छ। 

मंगलबार बिहान सवा- ११ बजे काभ्रेको रोशीमा लेदोसहितको बाढीले बीपी राजमार्ग अवरुद्ध भएको हो। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार रोशी गाउँपालिका- ११ माम्तीस्थित खहरे खोलामा आएको लेदोसहितको बाढीले दुबै तर्फको सडक अवरुद्ध भएको छ। 

घटनास्थलमा अहिले ट्राफिक प्रहरीसहितको प्रहरी टोली खटिएको छ। स्थानीय तह र सडक विभागसँग समन्वय गरेर अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .