ad ad

समाज


नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गर्ने बाघलाई निकुञ्जमा छाडियो

नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गर्ने बाघलाई निकुञ्जमा छाडियो

नेपालखबर
साउन २२, २०८१ मंगलबार १४:३८, काठमाडौँ

चितवनको नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गर्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जमा छाडिएको छ।

आइतबार राति नियन्त्रणमा लिइएको बाघलाई सोमबार साँझ चितवन निकुञ्जको भित्री क्षेत्रमा छाडिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जनाकारी दिए। 

बाघको स्वास्थ्य अवस्था राम्रो रहेको कारण भोलिपल्टै निकुञ्जमा छाडिएको उनले जानाकारी दिए।

एक रात सौराहामा राखेर स्वास्थ्य अवस्था हेरेर निकुञ्जको भित्री भागमा छाडिएको सूचना अधिकारी तिवारीले बताए। 

‘बाघ अन्दाजी पाँच–छ वर्षको भाले हो रहेछ,’ सूचना अधिकारी तिवारीले नेपालखबरसँग भने, ‘बाघ बुढो भएको भए खोरमै राखिन्थ्यो। उसले प्राकृतिक रूपमा सिकार गर्न सक्ने र स्वस्थ देखिएपछि निकुञ्जमा छोडेका हौं। निकुञ्जको खोरमा अहिले छ वटा बाघ रहेका छन्।’

उक्त बाघले आइतबार बिहान मर्निङवाकमा निस्किएका चितवनको भरतपुर महानगरपालिका– २ बेलटाँडीका पशुपति श्रेष्ठलाइ आक्रमण गरेको थियो।

श्रेष्ठलाई आक्रमण गरेर घाइते बनाएपछि नजिकैको नरकट घारीमा लुकेका बाघलाई साँझ नियन्त्रणमा लिएर सौराहा लगिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .