नुवाकोटको शिवपुरी गाउँपालिका–७ स्थित सूर्यचौरमा दुर्घटनामा परेको हेलिकप्टरमा सवार सबैको निधन भएको छ।
हेलिकप्टरमा जम्मा पाँच जना सवार थिए। उनीहरू सबैको निधन भएको प्रहरीले जनाएको छ।
प्रहरीका अुनसार १ जना महिला र ४ जना पुरुषको शव निकालिएको छ।
एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटनामा परेर ४ विदेशीसहित एक नेपालीको निधन भएको हो।
हेलिकप्टर क्याप्टेन अरूण मल्लले उडाएका थिए।
सवार चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सीको पनि निधन भएको छ।
2.7k
Shares
प्रतिक्रिया