ad ad

समाज


बलम्बु गोदाम आगलागी : सशस्त्रका २ एसपीसहित ९ जनालाई कारबाही

बलम्बु गोदाम आगलागी : सशस्त्रका २ एसपीसहित ९ जनालाई कारबाही

नेपालखबर
साउन २३, २०८१ बुधबार १९:३५, काठमाडौँ

सशस्त्र प्रहरी बल प्रधान कार्यालयको गोदाममा भएको आगलागीमा कमजोरी देखिएको भन्दै ९ जनालाई कारबाही गर्ने निर्णय भएको छ।

सशस्त्र प्रहरीका प्रवक्ता कुमार न्यौपानेका अनुसार २ जना एसपी, १ डीएसपी, २ इन्सपेक्टर, १ सई, २ असई र एक जवानलाई कारबाही गर्ने निर्णय भएको हो।

बलम्बुस्थित नम्बर ९ पशुपति बाहिनी परिसरभित्र रहेको गोदाममा २०८० चैत २६ गते आगलागी भएको थियो।

सशस्त्रको भण्डारण महाशाखाका प्रमुख एसपी राजेन्द्र श्रेष्ठ र पशुपति बाहिनीका डियुटी इन्चार्ज एसपी अर्जुन खत्रीलाई कारबाही गर्ने निर्णय भएको हो।

श्रेष्ठको चार वर्ष बढुवा रोक्का गर्ने र खत्रीलाई नसियत दिने निर्णय भएको छ।

डीएसपी नारायण सेढाई, इन्सपेक्टर गोपिराम श्रेष्ठ र पदमपाणि पाण्डेसहित ७ जनालाई पनि नसियत दिने निर्णय भएको छ। उनीहरुको पनि एक वर्ष बढुवा रोक्का हुनेछ।

यसअघि उक्त घटनाको अनुसन्धानका लागि गृह मन्त्रालयले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिवको नेतृत्वमा र सशस्त्र प्रहरी बलले प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको नेतृत्वमा समिति बनाएको थियो ।

समितिले यी सुरक्षा अधिकारीहरुको लापरबाही देखिएको निस्कर्ष निकालेको थियो।

समितिको सिफारिसपछि सशस्त्र प्रहरीले स्पष्टिकरण सोध्दै कारबाहीको निर्णय गरेको हो।

आगलागीमा चुस्ता, बुट, म्याट, झुल, मण्डी, तन्ना, स्लिपिङ ब्याग लगायत बन्दोबस्तीका सामानहरु जलेर नष्ट भएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .