ad ad

समाज


ललितपुरमा पनि भासियो सडक

ललितपुरमा पनि भासियो सडक

नेपालखबर
साउन ३०, २०८१ बुधबार ११:२७, काठमाडौँ

ललिपुरको महालक्ष्मीमा सडक भासिएको छ। 

महालक्ष्मी नगरपालिका- ३ को बोझे पोखरीबाट इमाडोलतर्फ आउने भित्री सडक गएराति भासिएको हो। 

‘भासिएपछि त्यो सडकमा यातायात सञ्चालन गर्न रोक लगाइएको छ,’ जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले नेपालखबरसँग भने, ‘सडकमा झण्डै तीन मिटरका दुईवटा खडल बनेका छन्। जसको कारण त्यो बाटो हुँदै गाडी सञ्चालन गर्न नमिल्ने अवस्था सिर्जना भएको छ।’

बर्षादको कारण सडक भासिएको प्रहरीले जनाएको छ। 

यही साउन २५ गते काठमाडौँ महानगरपालिका कार्यालय नजिकको सडक पनि भासिएको थियो।

सडक भासिएपछि अहिले दरबारमार्गस्थित महेन्द्र सालिकबाट कमलादीको कृष्ण पाउरोटी चोक निस्किने सडकखण्डमा यातायात सञ्चालन बन्द गरिएकाे छ। 

त्यस क्षेत्रमा टुकुचा खोला छोपेर सडक बनाइएको कारण भासिएको जानकारहरुले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .