ad ad

समाज


अफ्रिकामा मंकीपक्स फैलिएपछि डब्ल्यूएचओद्वारा स्वास्थ्य आपत्‌काल घोषणा

व्यक्तिबीचको सम्पर्कबाटै द्रुत गतिमा फैलिने, उच्च मृत्यु दर
अफ्रिकामा मंकीपक्स फैलिएपछि डब्ल्यूएचओद्वारा स्वास्थ्य आपत्‌काल घोषणा

फाइल तस्बिर : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को मुख्यालय।


नेपालखबर
साउन ३१, २०८१ बिहिबार ९:३१, काठमाडौँ

अफ्रिकाका केही भागमा एमपक्स (मंकीपक्स) रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक स्वास्थ्य आपत्‌काल घोषणा गरेको छ।

डब्ल्यूएचओले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयका रूपमा समेत व्याख्या गरेको छ।

एमपक्स एक संक्रामक रोग हो, पहिले मन्कीपक्स भनेर चिनिन्थ्यो। अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन्।

अहिले यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ। वैज्ञानिकहरूले पनि रोगको द्रुत गतिमा फैलिरहेको र उच्च मृत्यु दर भएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका छन्।

उनले भने, ‘अन्तर्राष्ट्रिय सहयोगले मात्र यो रोग रोक्न सकिन्छ र मानिसको जीवन बचाउन सकिन्छ।’

एमपक्स संक्रमण व्यक्तिहरूबीचको नजिकको सम्पर्कबाट फैलिन सक्छ। जस्तैः शारीरिक सम्पर्क, स्पर्श, वा कुरा गर्ने वा एक अर्काको नजिक सास फेर्दा। 

यो रोगमा चिसो लागेकाजस्ता लक्षण देखिन्छन्। थप रूपमा बिरामीहरूको छालामा घाउ पनि आउन सक्छन्।

यस रोगबाट संक्रमित १०० जनामध्ये चार जनाको मृत्यु हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .