ad ad

समाज


कर वृद्धिको विरोधमा हेटौँडाका व्यवसायीले स्थानीय सरकारलाई बुझाए साँचो

कर वृद्धिको विरोधमा हेटौँडाका व्यवसायीले स्थानीय सरकारलाई बुझाए साँचो

नेपालखबर
साउन ३२, २०८१ शुक्रबार १२:४८, मकवानपुर (हेटौंडा)

कर वृद्धिको विरोधमा हेटौँडा उपमहानगरका व्यवसायीले आफ्ना व्यवसाय बन्द गरेर उपमहानगरपालिकालाई साँचो बुझाएका छन्। कर वृद्धि विरूद्धको आन्दोलनमा रहेका व्यवसायीहरूले आफ्नो व्यवसाय बन्द गरेरआन्दोलनमा उत्रिएका हुन्।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा भइरहेको कर वृद्धि विरूद्धको आन्दोलनमा सहभागी व्यवसायीहरूले आज पनि उपमहानगरपालिकामा  धर्ना दिएका हुन्।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा निर्माण व्यवसायी संघ, जिल्ला सहकारी संघसहित जिल्लास्थित १६ वटा विषयगत व्यवसायिक संस्थाका व्यवसायी कर वृद्धिको विरोधमा आन्दोलनमा छन्।

असार ७ मा भएको उपमहानगरको १५औँ नगरसभाबाट राजस्व दरमा बृद्धि गर्ने निर्णय भएको थियो।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ को लागि घरबहालकरदेखि व्यवसाय करमा २० देखि १५० प्रतिशतसम्म राजश्व वृद्धि गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .