ad ad

समाज


तिपेनीमा पहिरोले इन्द्रावती थुनियो, स्थानीयलाई सतर्क रहन सेनाको आग्रह

तिपेनीमा पहिरोले इन्द्रावती थुनियो, स्थानीयलाई सतर्क रहन सेनाको आग्रह

नेपालखबर
भदौ ३, २०८१ सोमबार १६:५७, काठमाडौँ

सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङपाल–७ तिपेनीमा सुख्खा पहिरोले इन्द्रावती नदी थुनिएको छ।

तिपेनीस्थित क्षेत्रीय अस्पतालको माथिल्लो भागबाट खसेको सुख्खा पहिरोले नदी थुनिएको नेपाली सेनाले जनाएको छ।

पहिरोका कारण थुनिएको नदी एक्कासी खोलिएमा बाढी आउन सक्ने भन्दै सुरक्षित रहन स्थानीय प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले सूचना जारी गरी पाँचपोखरी थाङपाल गाउँपालिका वडा नं.७, ८ तथा मेलम्ची नगरपालिका वडा नं. ७, ९, ११, १२, १३ र इन्द्रावती गाउँपालिका १०, ११ र १२ लगायतका तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

पहिरोका कारण जोखिममा परेका स्थानीयबासी एवम् उनीहरुका सामग्री तथा अस्पतालका सामग्रीहररू सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यका लागि ईन्द्रध्वज गणबाट फौज खटिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .