हाल (शुक्रबार बिहान) कोसी र मधेस प्रदेशका थोरै स्थान तथा बागमती र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार विशेषगरी मधेस प्रदेशको बारा जिल्लाआसपास भारी वर्षा समेत भइरहेको र वर्षा गराउने उक्त प्रणाली उत्तर-पश्चिम दिशातर्फ सर्दै गरेकाले आवश्यक सतर्कता अपनाउन आवश्यक छ।
महाशाखाले केही बेरअघि सूचना जारी गर्दै भनेको छ– विशेषगरी मधेस प्रदेशको बारा जिल्लाआसपास भारी वर्षा समेत भइरहेको तथा वर्षा गराउने उक्त प्रणाली उत्तर पश्चिम दिशा तर्फ सर्दै गरेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।
672
Shares
प्रतिक्रिया