ad ad

समाज


कोरोनाभाइरसका कारण अमेरिकामा ९ को मृत्यु, संक्रमितको संख्या १ सय २६ पुग्यो

कोरोनाभाइरसका कारण अमेरिकामा ९ को मृत्यु, संक्रमितको संख्या १ सय २६ पुग्यो

नेपालखबर
फागुन २१, २०७६ बुधबार ११:५६,

अमेरिकी अधिकारीहरुका अनुसार कोरोनाले ९ जनाको ज्यान लिइसक्दा त्यहाँ संक्रमितको संख्या १ सय २६ पुगेको छ।

मंगलबारसम्म अमेरिकामा कोरोनाका कारण ६ जनाको मृत्यु हुँदा ९९ जना यस भाइरसबाट संक्रमित थिए। गएको २४ घण्टामा ३ जनाको मृत्यु भएको र २७ जना संक्रमित थपिएका हुन्।

मृत्युहुने सबै राजधानी वासिङ्टनका स्थानीयबासी भएको बताइएको छ। चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार हालसम्म विश्वमा ९३ हजार २३७ कोरोनाबाट संक्रमित भएका छन्।

३२ सय ३ को मृत्यु भइसक्दा उपचारपछि ५० हजार ६९१ स्वस्थ बनेका छन्।

चीनमा मात्र ८० हजार २७० कोरोनाबाट संक्रमित छन् र त्यहाँ २ हजार ९८१ को मृत्यु भइसकेको छ।

कोरोनाभाइरस हाल ८० भन्दा बढी मूलुकमा देखिएको छ। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .