त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत कार्यालय सहयोगी डोमा शेर्पाले सुन तस्करलाई सहयोग गरेको आरोप लागेको छ।
विमानस्थलस्थित प्रमुख भन्सार अधिकृतको कार्यकक्षमा सुन तस्करीमा संलग्न भियतनामी र कम्बोडियन नागरिकसँग सांकेतिक संवाद गरी सुन फाल्न लगाउने कार्यमा संलग्न भएको भन्दै शेर्पाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मुद्दा दर्ता गरेको हो।
शेर्पाले गत वैशाख ८ गते नेपाल आएका भियतनामी र कम्बोडियन नागरिकले अवैध रुपमा ल्याएको सुन उप–सचिव कर्ण तिमिल्सिनाको कार्यकक्षमा रहेको सोफा पछाडी फालेको आरोप छ।
तिमल्सिनाको कार्यकक्षमा एक किलो ६८५ ग्राम सुन बरामद भएको थियो। अवैध सुन भित्र्याउने विदेशी नागरिहरुलाई त्यतिबेलै पक्राउ गरी मुद्दा चलाइएको थियो।
शेर्पाले सुन लुकाउन लगाई गैरकानूनी रुपमा राजस्व चुहावट गर्न मद्दत गरेको भन्दै अख्तियारले ७ लाख ७ हजार ७ सय रुपैयाँ बिगो दाबी गरेको छ।
Shares
प्रतिक्रिया