गत केही महिनादेखि चीन कोरोना भाइरसको संक्रमणसँग जुधिरहेको छ। सरकार र चिनियाँ कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले भाइरस रोकथाम, संक्रमितको उपचारमा मिहिनेत गरिरहेका छन्।
हालै कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले भाइरसको रोकथामका लागि आवश्यक खर्च जुटाउन आफ्ना सदस्यहरुले स्वेच्छिक चन्दा दिन आह्वान गरेका थिए।
एक सातामा कम्युनिस्ट पार्टीका सदस्यले ४.१७ अर्ब युआन अर्थात ६८ करोड डलर चन्दा जम्मा गरेको जनाइएको छ।
४ करोडभन्दा बढी पार्टी सदस्यले चन्दा दिएका छन्। पार्टी सदस्यबाट चन्दा उठाउने क्रम जारी रहेको बताइएको छ। एजेन्सी
प्रतिक्रिया