तीन दशकभन्दा बढी गोरखाको चुमनुब्री गाउँपालिकास्थित छेकम्पार (चुमभ्याली) मा बिताएका प्रकाश तामाङ (काले मोक्तान) ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन्।
सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर उनले ओलीलाई भेटेका हुन्।
‘प्रकाश तामाङ नागरिकता बनाएर आज साँझ भेट्न आउनु भयो,’ प्रधामन्त्री ओलीले सोमबार राति सामाजिक सञ्जालमा लेखेका छन्, ‘नागरिकता बनेपछि उहाँलाई अरु कुरामा पनि सहज हुन्छ। खुसी लाग्यो। शुभ रात्रि!’
प्रधानमन्त्री ओलीले प्रकाशलाई भेट्न काठमाडौँ बोलाएपछि उनी भोजपुरबाट काठमाडौँ आएका हुन्।
‘हेर्ने कथा’ नामक युट्युब च्यानलमा प्रशारण भएको ‘हराएका वर्षहरू’ कथा सार्वजनिक भएपछि उनी चर्चामा आएका थिए।
प्रकाशको कथाव्यथा सार्वजनिक भएपछि ओलीले निवर्तमान गृह सचिव एवं हालका मुख्य सचिव एकनारायण अर्याललाई बोलाएर प्रकाशलाई नागरिकता दिलाउन आवश्यक पहल गर्न निर्देशन दिएका थिए।
प्रकाशले गएको आइतबार भोजपुरस्थित आफ्नै घरमा नागरिकता पाएका छन्। प्रकाशलाई भोजपुरको षडानन्द नगरपालिका–१० छाप्लेगाउँ (साम्पाङ) मा अवस्थित घरमै नागरिकता प्रदान गरिएको हो।
प्रकाश गएको शनिबार गोरखाबाट भोजपुर पुगेका थिए। सानैमा हराएर गोरखा पुगेका प्रकाश झण्डै ३० वर्षपछि घर फर्किएका हुन्।
- प्रकाश तामाङलाई घरमै नागरिकता, भेट गर्न आउन प्रधानमन्त्रीको निम्तो
- चुमभ्यालीबाट काठमाडौँ हिँडे प्रकाश, साहुले १० लाख दिने
- प्रकाश तामाङलाई केही दिनमै नागरिकता दिन प्रधानमन्त्री ओलीको निर्देशन
- ‘हेर्ने कथा’ टिमले यसरी तयार पारेको थियो ३० वर्ष हराएका प्रकाश तामाङको कथा
- प्रकाशलाई बिदा गर्दै साहु लामाले भने– आफ्नै घर सम्झेर आउँदै गर्नु है!
- कोसीका मुख्यमन्त्री कार्कीसँग प्रकाशले भने– अहिलेसम्म दुर्गममा बसेँ, पशुपालन नै गर्छु
-
पहिलोपटक जहाज चढेर भोजपुर पुगे प्रकाश, आइतबार नागरिकता लिने
Shares
प्रतिक्रिया