धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–७ क्षिरेश्वरनाथ महादेव मन्दिरस्थित सडकमा नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने स्विटा यादवकी छोरी ७ वर्षीया रचना यादवको मृत्यु भएको छ।
महेन्द्रनगरबाट ईच्छापुरतर्फ जाँदै गरेको मोटरसाइकलले बालिकालाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो।
प्रहरीले हाल फरार मोटरसाइकल चालकको खोजी गर्नुको साथै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ।
405
Shares
प्रतिक्रिया