ad ad

समाज


स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा, भन्छन्– काम गर्न नसके छाड्नुपर्छ

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष लोहनीले दिए राजीनामा, भन्छन्– काम गर्न नसके छाड्नुपर्छ

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १७:२४, काठमाडौँ

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले राजीनामा दिएका छन्। उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलसमक्ष राजीनामा दिएका हुन्। 

डा लोहनीले पदबाट राजीनामा दिएको नेपालखबरसँगको कुराकानीमा पुष्टि गरे।

‘विविध कारणले काम गर्न सकिएन। काम गर्न नसकेपछि छाडनुपर्छ भन्ने लाग्यो,’ उनले भने। 

डा लोहनी स्वास्थ्यमन्त्री पौडेलसँग पछिल्लो समय असन्तुष्ट थिए। मन्त्री पौडेल प्राविधिक तयारीको पक्षमा विचार नै नगरी भाषणबाजीमा लागेको भन्दै लोहनीले असन्तुष्टि जनाएका थिए।

तर, नेपालखबरसँग भने उनले राजीनामाको कारण कुनै व्यक्तिसँगको कुरा नभएको बताए। ‘यो कुनै व्यक्तिसँगको कुरा होइन, समग्र संस्था र प्रणालीको कुरा हो,’ उनले भने।

उनलाई तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० मंसिर १३ गते बोर्डको अध्यक्ष नियुक्त गरेको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .