प्रहरीले लागुऔषध ट्रामाडोल दुई हजार पाँच सय ७० ट्याब्लेटसहित काठमाडौँबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सुनसरीको इटहरी उपमहानगरपालिका–५ घर भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने २९ वर्षीय दीपेश लुइँटेल, सुनसरी इटहरी उपमहानगरपालिका–२ घर भई हाल काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३५ वर्षीय नितेश पाण्डे रहेका जिल्ला प्रहरी परिसर काठमाडौँमा प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
काठमाडौँ महानगरपालिका–३२ वडा एरियामा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई जडिबुटीस्थित एक होटेलबाट पक्राउ गरेको हो।
उनीहरूमाथि प्रहरी वृत्त बानेश्वरबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताए।
42
Shares
प्रतिक्रिया