बाढी पहिरोमा परी ललितपुरमा ज्यान गुमाउनेको संख्या २० पुगेको छ।
शनिबार साँझ ६ बजेसम्म जिल्लामा २० जनाको शव फेला परेको प्रहरी परिसर ललितपुरका डीएसपी नरहरि अधिकारीले जानकारी दिए।
मृतकको सनाखत गर्ने काम भइरहेको पनि उनले बताए। यस्तै १५ जना जति बेपत्ता भएको सूचना आएको र उनीहरूको पनि विवरण यकिन गरिरहेको अधिकारीले बताएका छन्।
बेपत्ताहरूको खोजी भइरहेको छ। खोजी कार्यका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली खटिएका छन्।
ललितपुरबाट नेपाली सेनाले पनि हेलिकोप्टरमार्फत ४ जनाको उद्धार गरेको छ। अरू विभिन्न तरिकाले ६४० जनाको उद्धार भएको छ। बाढी पहिरोमा परी १० जना घाइते भएकोमा ९ जना उपचारपछि डिस्चार्ज भएका छन्। एक जनाको पाटन अस्पतालमा उपचार जारी छ।
78
Shares
प्रतिक्रिया