काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ डडेनपाखामा दुईवटा घर पहिरोले पुरिएको छ। शनिबार साँझ गएको पहिरोमा परी दुईवटा घर पुरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार, दुईवटा घरमा ९ जना मान्छे रहेको प्रारम्भिक जानकारी आएको छ।
प्रहरीको टोली अहिले घटनास्थलतमा पुग्दैछ। घटनाबारे थप विवरण आउन बाँकी छ।
प्रतिक्रिया