ad ad

समाज


बाढीपहिरोबाट ज्यान गुमाएकाको परिवारलाई घरमै पुगेर रकम हस्तान्तरण

बाढीपहिरोबाट ज्यान गुमाएकाको परिवारलाई घरमै पुगेर रकम हस्तान्तरण

नेपालखबर
असोज १६, २०८१ बुधबार २१:८, काठमाडौँ

बाढी, पहिरो र डुबान लगायत प्राकृतिक विपद्‌मा परेर ज्यान गुमाएका मृतकका परिवारलाई सहायता रकम हस्तान्तरण सुरु गरिएको छ।

काठमाडौँ र ललितपुरका केही पालिकामा मृतकका परिवारलाई आर्थिक सहायता वापत राहत रकम हस्तान्तरण गरिएको हो।

सरकारले विपद्‌मा परि ज्यान गुमाएका मृतकका परिवारलाई आर्थिक सहायता बापत दुई लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय अनुसार मंगलबारदेखि राहत रकम वितरण सुरु भएको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बुधबार नौ जना मृतकका परिवारलाई राहत रकम घरमै पुगेर हस्तान्तरण गरिएको जानकारी दिए।

उनले मृतकका परिवारलाई जनही दुई लाखमा दरले १६ लाख र घर भत्किएका केही परिवारलाई गरी एक लाख रकम हस्तान्तरण गरिएको उनले जानकारी दिए।

प्रजिअ आचार्यले काठमाडौँका दक्षिणकाली नगरपालिकामा दुई मृतकका परिवार, चन्द्रागिरी नगरपालिकामा दुई र नार्गाजुन नगरपालिकामा पाँच जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको बताए।

त्यसैगरी ललितपुर जिल्लाका दुई पालिकाका सात जना मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसी बहादुर श्रेष्ठले जानकारी दिए।

उनले ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका सात जना मृतकका परिवारलाई गरी १३ लाख राहत रकम घरमै पुगेर वितरण गरिएको बताए।

‘राहत रकम वितरणलाई तिव्रता दिएका छौँ,’ प्रजिअ श्रेष्ठले भने, ‘यहाँ विपद्‌बाट प्रभावितहरूलाई सुरक्षित स्थानमा राखेर गाँसबासको प्रबन्ध समेत गरिएको छ।’

यता भक्तपुरमा पनि विपद्‌मा परी ज्यान गुमाएका चार जना मृतकका परिवारलाई राहत रकम हस्तान्तरण गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठले जानकारी दिए।

उनले चार जना मृतकका परिवारलाई तीन लाख तीस हजार रकम उपलब्ध गराइएको बताए। 

त्यसका साथै अन्य प्रभावित जिल्लामा पनि राहत रकम वितरणका लागि तयारी भइरहेको छ।

गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान प्राकृतिक विपद्बाट प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट नियमित सम्पर्क गरी विपद्‌बाट विस्तृत जानकारी लिनुका साथै प्रतिकार्यमा सक्रियताका साथ खटिन निर्देशन दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .