ad ad

समाज


बाढीपहिरोमा परेर कर्णेलसहित तीन सैनिकले गुमाए ज्यान

बाढीपहिरोमा परेर कर्णेलसहित तीन सैनिकले गुमाए ज्यान

नेपालखबर
असोज १६, २०८१ बुधबार १९:४, काठमाडौँ

बाढीपहिरोमा परेर नेपाली सेनाका तीन जनाको ज्यान गएको छ। सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले बुधबार साँझ दिएको जानकारी अनुसार प्रमुख सेनानी (कर्णेल) सहित तीन जनाको कर्तव्य पालनको सिलसिलामा ज्यान गएको हो। 

प्रमुख सेनानी मिलन केसीको सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका ४ चिहानेमा पहिरोले पुरिएर ज्यान गएको हो। पहिरोमा पुरिएका कोरियन नागरिकहरूको उद्धारका क्रममा उनको ज्यान गएको हो।

यस्तै, अमलदार नरेन्द्र बहादुर पाल र प्युठ शंकर चन्दको पनि मृत्यु भएको छ। दोलखाको बिगु गाउँपालिकास्थित अपर तामाकोसी हाइड्रो पावरमा उनीहरूको ज्यान गएको हो। 

ड्याम क्षेत्रमा सुरक्षार्थ खटिएका उनीहरूको कर्तव्य पालनकै सिलसिलामा ज्यान गएको पनि सैनिक प्रवक्ता सहायक रथी गौरव कुमार केसीले जानकारी दिए।

नेपाली सेनाले बाढी पहिरोमा परेकाहरूको खोज तथा उद्धार जारी राखेको छ। यस्तै प्रभावितहरूलाई राहत ढुवानी र अलपत्र नागरिकको उद्धार पनि गरिरहेको सेनाले जनाएको छ।

ललितपुरको कोटिखेलबाट बुधबार थप १८ जनालाई हवाई उद्धार गरिएको छ। काभ्रेपलाञ्चोकको रोशी खोलाबाट ११ जनालाई हेलिकप्टरमार्फत सेनाले उद्धार थरेको छ। 

गोटिखेलमा २ हजार ४५० केजी राहत सामग्री सेनाले ढुवानी गरेको छ। 

असोज ११ गतेदेखि १६ गते साँझसम्म बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या २३२ पुगेको छ। १६५ जना घाइते भएको र २३ जना बेपत्ता रहेको नेपाल प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .