ad ad

समाज


आज राति यी तीन प्रदेशमा वर्षाको सम्भावना बढी

काठमाडौँमा पानी पर्ने सम्भावना कति?
आज राति यी तीन प्रदेशमा वर्षाको सम्भावना बढी

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
असोज १६, २०८१ बुधबार १८:२७, काठमाडौँ

हाल (बुधबार साँझ) कोसी, मधेस र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ।

अनि कोसी र बागती प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

महाशाखाका अनुसार आज राति कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी प्रदेशमा आंशिकबदली देखि मौसम मुख्यतया सफा रहने छ। 

यस क्रममा कोसी प्रदेशका केही स्थान, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। 

साथै कोसी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

मौसम महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ भने भारतको उत्तरपूर्व असम र आसपास क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव पनि छ। सोही कारण मौसम बदली र वर्षा भइरहेको हो। 

आज राति काठमाडौँमा वर्षाको सम्भावना कति?

मौसम महाशाखाका अनुसार राति काठमाडौँ उपत्यकाको मौसम आंशिक बदली हुनेछ। 

वर्षा भने क्षणिक मात्र हुने त्यो पनि ३० प्रतिशत मात्र सम्भावना देखिएको महाशाखाले जनाएको छ। 

हेर्नुहोस् काठमाडौँका लागि महाशाखाको वर्षा आकलन-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .