ad ad

समाज


कलंकी–धोबीखोला सडक विस्तार तत्काल सुरु नहुने

कलंकी–धोबीखोला सडक विस्तार तत्काल सुरु नहुने

नेपालखबर
फागुन २८, २०७६ बुधबार ८:४९,

चीन सरकारको आर्थिक सहयोगमा विस्तार गर्ने तयारी भइरहेको चक्रपथको दोस्रो खण्ड (कलंकी–धोबीखोला) को तत्काल काम सुरु नहुने भएको छ।

नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ का कारण तत्काल चिनियाँ टोली आउने सम्भव नभएकाले निर्माण तत्काल सुरु नहुने देखिएको हो। चिनियाँ टोली यही महिना आउने तयारी भए पनि रोगका कारण तत्काल आउने नदेखिएको सडक विभागले जनाएको छ।

चक्रपथको कोटेश्वर–कलंकी खण्ड निर्माण गरेको चीन सरकारले नै कलंकी–धोबीखोला निर्माणका लागि विस्तृत अध्ययन गरेको थियो। पहिलो खण्डमा निर्माण शुरु हुँदा पनि सडकमा रहेका संरचना नहटेका कारण यो खण्डमा पहिले संरचना हटाउने गरी सहमति भएको थियो। झण्डै सबैतिर निर्माणस्थल खाली भइसकेको काठमाडौँ चक्रपथ सुधार योजनाका प्रमुख अमृतमणि रिमालले जानकारी दिए।

महाराजगञ्ज क्षेत्रमा केही घरहरु हटाउन बाँकी भए पनि अरु स्थानमा सडकको अधिकार क्षेत्रमा रहेका बिजुललीका खम्बा, टेलिफोनको खम्बा, खानेपानीको पाइप, ढल, रुखलगायत हटाइएको छ। उनले भने, ‘हामीले आवश्यक तयारी गरिसकेका छौँ, चिनियाँ टोली आउन नसक्ने हुँदा काम सुरु नहुने देखिएको छ।’

निर्माणस्थल खाली गरेर आगामी महिनासम्म निर्माणका लागि हस्तान्तरण गर्ने सरकारको योजना थियो। सो सडकमा दुई वटा ‘अन्डर पास’, प्रत्येक एकएक किलोमिटरमा आकाशे पुल र मुख्य लेनमा बीचमा डिभाइर हुने गरी सडक विभागले प्रस्ताव गरेको छ।

कोटेश्वर–कलंकी सडकमा रहेको कमीकमजोरी हुन नदिने गरी डिजाइन गरिएको सडक विभागले जनाएको छ। आठ लेनको सडकमा कोटेश्वर–कलंकी सडकमा जस्तै मुख्य चार र सहायक चार गरेर जम्मा आठ लेन नै रहने बताइएको छ। पहिलो चरणमा मुख्य सडकमा दायाँबायाँ सडकलाई सडक चिह्नले मात्रै छुट्याइएकामा यस सडकमा डिभाइडर राखिने डिजाइनमा उल्लेख छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .