ad ad

समाज


नास्टले ललितपुरमा स्यानिटाइजर बनाउन सिकाउने

नास्टले ललितपुरमा स्यानिटाइजर बनाउन सिकाउने

नेपालखबर
फागुन ३०, २०७६ शुक्रबार १०:३०,

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का वैज्ञानिकले आफ्नो कार्यकक्षमा स्वास्थ्यवद्र्धक तालिम सञ्चालन गर्ने भएका छन् । चीनबाट फैलिएको ‘कोभिड–१९’ को संक्रमण नेपालमा फैलिन नदिने उद्देश्यका साथ हात धुने स्यानिटाइजर बनाउन लागिएको हो।

नास्टले ललितपुर महानगरको २९ वडाका एक–एकजना मानिसलाई एक वा दुई दिनको उक्त तालिम दिने भएको छ। नास्टबाट तालिम लिएकाले आ–आफ्ना वडामा गई अन्यलाई स्यानिटाइजर निर्माण गर्न सिकाउने छन्। यदी मुलुकमा कोरोना भित्रियो भने त्यसको असर मानिसमा पर्न नदिन पूर्व सावधानी अपनाउन लागिएको र बजारमा अभाव भइरहेको स्यानिटाइजर छिट्टै सहज बनाउन नाष्ट र लपु महानगरपालिकाबीच यस सम्बन्धी सहकार्य पनि भइसकेको छ।

तालिममा स्थानीय बस्तुको प्रयोग गरी स्यानिटाइजर निर्माण गर्न सिकाइने नास्टका वरिष्ठ वैज्ञानिक तथा प्रवक्ता डा सुरेशकुमार ढुंगेलले बताए। उनले भने, ‘हामीले विश्व स्वास्थ्य संगठनको मान्यताअनुरुप उक्त स्यानिटाइजर निर्माण गर्न सिकाउने छौँ। बजारमा पाइने स्यानिटाइजरले जीवाणु (ब्याकटेरिया) कम गर्छ भने हामीले निर्माण गर्ने स्यानिटाइजरले सजिलै सूक्ष्मजीवाणु (भाइरस) कम गर्नेछ।’ नास्टबाट उत्पादित स्यानिटाइजर बजारमा पाइनेभन्दा फरक हुने ढुंगेलले बताए।

मानिसमा दिनानुदिन बढ्दै गएको कोरोनाको त्रास हटाउन स्थानीय सामग्रीबाट स्यानिटाइजर निर्माण गर्न सकिन्छ भन्ने चेतना फैलाउन र जानकारी प्रवाह गर्न आवश्यक रहेको नास्टका वरिष्ठ वैज्ञानिक अधिकृत डा सजनलाल स्याउलाको भनाइ छ। उनले भने, ‘अब हामी छिट्टै तालिम सञ्चालन गर्छौँ। तालिममा स्थानीय रक्सी (तीनपाने रक्सी) लगायत अन्य रसायन (केमिकल) प्रयोग गरेर निर्माण गर्ने विधि सिकाइने छ। हामीले निर्माण गरेको स्यानिटाइजर प्रयोग गरेको छदेखि आठ सेकेण्डमा यसले काम गर्छ।’ ललितपुरमै स्यानिटाइजरको उत्पादन शुरु भएसँगै बजारमा यसको अभाव महसुस गर्नुनपर्ने उनको मत छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .