ad ad

समाज


सहकारीबाट एक करोड बढी ऋण निकाल्न लगाएर ३६ महिलालाई ठगी

सहकारीबाट एक करोड बढी ऋण निकाल्न लगाएर ३६ महिलालाई ठगी

नेपालखबर
चैत ५, २०७६ बुधबार १३:५६,

सहकारीबाट ऋण निकाल्न लगाएर बाराका ३६ जना महिलालाई ठग्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाराको सुवर्ण गाउँपालिका ८ का ५३ वर्षीय झुल खाँ पैठान र प्रसौनी गाउँपालिका ७ का ५० वर्षीय जहिर मियाँ रहेका छन्।

उनीहरुले महिलाहरुलाई सहकारीबाट ऋण निकाल्न लगाएर लगेका थिए। महिलाहरुलाई ऋणको किस्ता तिरिदिने र ब्याज पनि दिने भन्दै लोभमा पारेका थिए।

२२ जनाले सहकारी तथा लघुवित्तबाट निकालेको ८३ लाख ८१ हजार रुपैयाँ पैठानलाई दिएका थिए। पैठानले सहकारीको किस्ता र उक्त रकमको ब्याज महिलाहरुलाई नै दिने भने पनि रकम लिएर फरार भएका थिए।

जहिर मियाँले १४ जना महिलाबाट ४० लाख ९५ हजार ८ सय ९३ रुपैयाँ लिए पनि केही समयपछि किस्ता नतिरी फरार भएका थिए।

उनीहरुलाई पक्राउ गरी ठगी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पैठानलाई १० दिन र मियाँलाई ७ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको बारा प्रहरीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .