चीनमा कोरोना भाइरस महामारीको केन्द्रविन्दु बनेको वुहानमा बिरामीको संख्या घट्न थालेपछि अन्य क्षेत्रबाट आएका स्वास्थ्यकर्मीहरु फर्किन थालेका छन्।
मंगलबारबाट स्वास्थ्यकर्मीहरु फर्किन थालेका हुन्।
चीनभरबाट ४१ वटा स्वास्थ्यकर्मीको टोलीमा ३ हजार ६ सय ७५ स्वास्थ्यकर्मी वुहान आइपुगेका थिए।
ती स्वास्थ्यकर्मीले वुहानमा अपर्झट बनाइएका १४ अस्थायी अस्पतालमा हजारौँ बिरामीको उपचार गरेका थिए।
हुबेई प्रान्तमा आइपुग्ने स्वास्थ्यकर्मीको संख्या ४२ हजार थियो।
हुबेईमा सोमबार एक मात्र नयाँ संक्रमित फेला परेका छन्।
अस्पतालबाट डिस्चार्ज हुनेको संखया ५५ हजार ९ सय ८७ पुगेको छ।
वुहानबाट फर्केका स्वास्थ्यकर्मीलाई रेल स्टेसनमा सलामी दिएर विदाई गरिएको छ। एजेन्सी
प्रतिक्रिया