कोरोनाको प्रभाव बढ्दै जाँदा आइतबारसम्म ३ लाख ८ हजार ५६४ संक्रमित भएका छन्।
यस भाइरसका कारण मृतकको संख्या १३ हजार ६९ पुगेको छ। गएको २४ घण्टाको अवधिमा विश्वभर १६ सय ३८ को मृत्यु भएको हो।
कोरोना भाइसका कारण इटलीमा गएको २४ घन्टामा मात्रै ७ सय ९३ जनाको मृत्यु भएको छ। यो संख्या एकैदिन भएको मृत्युमा अहिलेसम्मकै सबैभन्दा धेरै भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
कोरोनाको प्रकोप हालसम्म विश्वका १ सय ८८ देशमा फैलिसकेको छ। एजेन्सी
प्रतिक्रिया