ad ad

खेल


एन्फाले आफ्ना भौतिक संरचनालाई अस्थायी क्वारेन्टिन बनाउन दिने

एन्फाले आफ्ना भौतिक संरचनालाई अस्थायी क्वारेन्टिन बनाउन दिने

नेपालखबर
चैत ९, २०७६ आइतबार ७:२९,

अखिल नेपाल फुटबल संघ एन्फाले ललितपुरको एन्फा कम्प्लेक्सको होस्टल, बुटवल र धरानको फुटबल एकेडेमीको होस्टेल तथा रौतहटको महिला फुटबल एकेडेमीहरुलाई अस्थायी क्वारेन्टिन र आइसोलेसनको रुपमा प्रयोग गर्न दिने भएको छ।

एन्फाले आइतबार विज्ञप्ति जारी गर्दै कोरोना भाइरसले विश्व त्रासमा रहेको समयमा आवश्यक परेको खण्डमा आफ्नो र मातहतका एकेडेमीहरु नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारलाई प्रयोग गर्न दिने जनाएको हो।

‘यो मानवीय विपतको घडीमा देशभर रहेका खेलकुदको भौतिक संरचनालाई पनि आवश्यक प्रयोग गर्न गराउन सबै पक्षलाई आग्रह गर्दै यो मानवीय संकटमा सबै नेपालीलाई एकजुट हुन एन्फाले सबैलाई अपिल गरेको छ’, प्रवक्ता किरण राईले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

कोरोनाले संसारभर त्रसित र आतंकित बनेको समयमा नेपालमा हालसम्म पनि यो महामारी देखा नपर्नु सुखद पक्ष भए पनि उच्च सर्तकता अपनाउन एन्फाले आग्रह गरेको छ। आफ्नो दैनिक जीवनलाई फेरबदल गरी सेल्फ क्वारेन्टिन, आइसोलेसनलगायतका आधारभूत नियम पालना गर्न एन्फाले सबैलाई आग्रह गरेको छ।

कोरोना भाइरसका कारण विश्व आतंकित भएको समयमा अहिले नेपालसहित विश्वमा सबै खेलकुद गतिविधि रद्द छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .